बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५, मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवद्र्धन केन्द्रको भवन निर्माणको शिलान्यास गरिएको छ।
गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरे।
भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३.१४१ करोड रुपैयाँको अनुदान सहयोगमा भवन निर्माण हुँदैछ। यस भवनमा अन्न भण्डारण, वितरण डेस्क, रेकर्ड रुमलगायत संरचना समेटिनेछन्।
उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र स्थानीय समुदायको सहभागिता थियो। सहभागिहरूले हिमाली क्षेत्रमा यस्तो पूर्वाधारले खाद्य सुरक्षामा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
भारत सरकारले सन् २००३ यता नेपालभर ५७३ उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ, जसमा बाजुरासहित सुदूरपश्चिममा ४३ परियोजना रहेका छन्।