काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको स्कल्याण्ड सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले घरेलू टोली स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।


ADVERTISEMENT


खल नेपाली समय अनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ । नेपालले यसअघि नेदरल्याण्ड्ससँगकै अन्तिम-११ लाई निरन्तरता दिएको छ ।


ADVERTISEMENT

# # #


नेपालको प्लेइङ-११
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी ।

सिरिजमा यसअघिका दुबै खेल जितेको नेपाल तेस्रो खेलमा पनि जितलाई निरन्तरता दिने दाउमा रहेको छ । जस अनुसार नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई करण केसीको जादुमयी इनियङको मदतमा १ विकेटले हराएको थियो भने दोस्रो खेलमा आरिफ शेखको शानदार ब्याटिङका कारण नेदरल्याण्ड्समाथि ५ विकेटको जित हात पारेको थियो । यता स्कटल्याण्ड भने यसअघि नेपालसँगको १ विकेटको हारको बदला दिने ध्याउन्नमा रहेको छ ।

राष्ट्र सहभागी लिग–२ मा नेपालले हालसम्म १४ खेल खेलेको नेपालले ४ खेलमा मात्रै जित हात पारेको छ भने ८ खेलमा हार व्यहोरेको छ । यस्तै २ खेल अनिर्णित हुँदा र १० अंकसहित अंकतालिकाको सातौँ स्थानमा रहेको छ । यता १८ खेल खेलेको स्कटल्याण्ड १० जित ६ हार र २ अनिर्णितसहित २२ अंकका साथ चौथो स्थानमा रहेको छ ।

यस्तै नेदरल्याण्डले २२ खेलमा १२ जित, ८ हार र २ अनिर्णितसहित २६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । अमेरिकाले २० खेलमा १४ जित र ६ हारसहित २८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।