काठमाडौँ – रास्वपा संसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफूहरुले उठाएका विषयलाई निष्कर्षमा नपुर्याइ नछाड्ने स्पष्ट पारेकी छन् ।


ADVERTISEMENT


बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै गौतमले भिजिट भिसा प्रकरण देशकै लागि निकै गम्भीर रहेकाले आफुहरुले उठाएका विषयलाई निष्कर्षमा नपुराइ नछाड्ने स्पष्ट पारेकी हुन् ।


ADVERTISEMENT

# # #


उनले यसमा राष्ट्रिय सहमति खोज्नका लागि नै रास्वपाले पाँच बुदे ड्राफ्ट तयार पारेर छलफलमा लगे पनि सत्तारुढ दल नमानेको धारणा रादिन् । माओवादीले ल्याएको ड्राफ्ट आफूहरुको सरोकारको विषय नभएको भन्दै उनले आफूहरु पाँच बुदे ड्राफ्टमा अडिक रहेको बताइन् ।

उनले रास्वपाले सदन अवरुद्ध गरेको नभइ जनताको मुद्धा समाधान गर्नका लागि बाटो खोजिरहेको तर्क गरिन् ।