महोत्तरी — महोत्तरीको गौशाला नगरपालिकामा आन्तरिक विवाद चर्कंदै जाँदा उपप्रमुख रेणु कुमारी महतो कार्यालय प्रवेशमै रोकिएकी छन्।


ADVERTISEMENT


मंगलबार बिहान कार्यालय पुगेकी उपप्रमुख महतोले कार्यालय गेटमै अवरोधको सामना गर्नु पर्‍यो, जब नगरप्रमुख डा. दीपेन्द्र महतोको निर्देशनमा नगर प्रहरीले गेटमा ताला लगाएर उनलाई रोकिदियो।


ADVERTISEMENT

# # #


गेटबाहिर बसिरहेकी उपप्रमुख महतोले नगरप्रमुखको एकल निर्णय र ‘गुण्डागर्दी शैली’ को विरोध गर्दै जनतासँग न्यायको गुहार मागेकी छन्। “म पनि जनताबाटै निर्वाचित भएर आएको हुँ, तर आज मलाई कार्यालय पस्नसमेत दिइएन,” उपप्रमुख महतोको भनाइ छ।

घटनास्थलमा नगर प्रहरी देखिन नसकिएको र गेटमा ताला लगाइएको अवस्थामा उपप्रमुख बाहिरै बसिरहँदा अन्य कर्मचारी र स्थानीयवासी स्तब्ध भएका थिए।

उनले भनेकी छन्, “जनप्रतिनिधिको अपमान मात्र होइन, यो लोकतन्त्रको अपमान हो। अब म न्यायका लागि जनताकै बीच जान बाध्य भएकी छु।”

गौशालामा यस्तो घटना पुनः दोहोरिन नदिन सरोकारवालाहरूले चासो राख्नुपर्ने अवस्था सिर्जना भएको छ।

यस घटनाले स्थानीय सरकारभित्रको आन्तरिक शक्ति संघर्ष र मनोमालिन्य झनै सतहमा आएको देखिएको छ।