उदयपुर– उदयपुरमा दुई जना मृत फेला परेका छन् ।
जिल्लाको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीस्थित २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए ।
योगीका अनुसार, मञ्जुको शव गाउँकै बाटोमा र रविन्द्रको शव मञ्जुको शव भेटिएको ठाउँबाट करिब दुई सय मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
उनीहरुको मृत्यु के कारण भएको हो भन्ने विषयमाथि अनुसन्धान जारी रहेको योगीले बताए । हाललाई ‘शव पोष्टमार्टमका लागि पठाइएको छ ।