काठमाडौं- संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सुकुम्बासीको स्थायी व्यवस्थापनको माग गर्दै काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको छ।


ADVERTISEMENT


मोर्चाको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।


ADVERTISEMENT

# # #


प्रदर्शनकारीहरूले जोखिमयुक्त स्थानबाट हटाइएका बस्तीका नागरिकलाई थप जोखिममा पार्ने काम भएको आरोप लगाउँदै दीर्घकालीन समाधानका लागि सरकारसँग माग गरेका छन्।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परिश्रमले सरकारले सुकुम्बासी व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै माग सम्बोधन नभए सातै प्रदेशबाट आन्दोलन गर्ने चेतावनी दिए।

प्रदर्शनका क्रममा सुकुम्बासी व्यवस्थापनको प्रक्रिया तत्काल अघि बढाउन, पक्राउ परेका व्यक्तिहरूलाई बिना सर्त रिहा गर्न मागसमेत गरिएको छ।

यसअघि कीर्तिपुरको होल्डिङ सेन्टर क्षेत्रमा बाढी पसेपछि उठिबास लगाइएको र साँझ जेन्जी अभियन्तालाई पक्राउ गरिएको घटनापछि उनीहरू आन्दोलनमा उत्रिएको मोर्चाले जनाएको छ।