काठमाडौं- नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण सुन्ने तथा बोली ९स्पिच० उपचार क्षेत्रमा सेवा सुरु गरेको १५ वर्ष पूरा गरेको छ।
विगत डेढ दशकदेखि क्लिनिकले श्रवण परीक्षण, श्रवण यन्त्र हियरिङ एड जडान, कक्लियर इम्प्लान्ट सेवा, स्पिच–ल्याङ्ग्वेज थेरापी, परामर्श तथा नियमित फलोअप सेवामार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
काठमाडौंको थापाथलीस्थित मुख्य कार्यालयसँगै विराटनगर, पोखरा र नेपालगञ्जमा शाखा सञ्चालन गरिरहेको क्लिनिकले भक्तपुरको बीपीआई फाउन्डेसन, पुल्चोकस्थित अरुस लाइफस्टाइल अस्पताल तथा ग्वार्कोस्थित बीएनबी अस्पतालमा पनि आफ्नै अडियोलोजी सेवा उपलब्ध गराउँदै आएको छ।
क्लिनिकमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको ध्वनिरहित अडियोलोजी कक्ष साउन्डप्रुफ अडियोलोजी रुम रहेको छ, जसले श्रवण परीक्षणलाई अझ सटीक र विश्वसनीय बनाउने जनाएको छ।
क्लिनिकका अनुसार १५ वर्षको अवधिमा ६० भन्दा बढी कक्लियर इम्प्लान्ट सेवा, २५ हजारभन्दा बढी श्रवण यन्त्र जडान तथा ४० हजारभन्दा बढी श्रवण परीक्षण सम्पन्न भइसकेका छन्।
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिक नेपालमा फोनाक, सिग्निया र स्टार्की ब्रान्डका श्रवण यन्त्रहरूको आधिकारिक वितरक पनि हो। क्लिनिकले श्रवण यन्त्र छनोट, जडान, प्रोग्रामिङ, परामर्श, वारेन्टी, नियमित फलोअप, प्राविधिक सहयोग, मर्मतसम्भार तथा आजीवन सहयोग सेवा प्रदान गर्दै आएको जनाएको छ।
संस्थापक तथा अध्यक्ष पुरुषोत्तम भुर्तेलको नेतृत्वमा हाल क्लिनिकमा ३५ भन्दा बढी अडियोलोजिस्ट, स्पिच–ल्याङ्ग्वेज विशेषज्ञ तथा व्यवस्थापन र सञ्चालनतर्फका जनशक्ति कार्यरत छन्।
क्लिनिकले १५ वर्षको यो यात्रालाई सेवा, विश्वास र व्यावसायिक उत्कृष्टताको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै आगामी दिनमा आधुनिक प्रविधि र बिरामी–केन्द्रित सेवामार्फत श्रवण तथा बोली उपचार सेवालाई अझ प्रभावकारी र सर्वसुलभ बनाउने लक्ष्य लिएको जनाएको छ।




























































