काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सत्तापक्षले आफूहरुको कुरा नसुनेकाले सत्तापक्ष सांसदले बोल्दा आफुहरुले सदन बहिष्कार गरेको बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकमीसंग कुरा गर्दै प्रवक्ता झाले विरोधकाबीच आफूहरुले अन्य सबै सांसदको कुरा सुनेको तर सत्तापक्ष सांसदले बोल्न थालेपछि आफुहरुले बैठक बहिष्कार गरेको बताएका हुन् ।
सत्तापक्षले रास्वपाले उठाएका बिवायलाई नसुनेसम्म उनीहरुको कुरा नसुन्ने उनको भनाइ छ । उनले सरकारले दुई तिहाईको दम्भ देखाउदै लुटेर राज्य चलाई रहन्छौं भन्ने किसिमको जवाफ दिइ राखेको उल्लेख गरे ।
‘सकारले यो समस्या नै होइन, यो मुद्दा नै होइन र हामी यसरी नै लुटेरै राज्य चलाइराख्छौँ भन्नेजस्तो देखिन्छ ।’ उनले भने, ‘सत्ताले हाम्रो कुरा सुनेको छैन, हामी पनि सत्ता पक्षका सांसदको कुरा सुन्न चाहँदैनौँ भनेर नै हामीले बैठक बहिष्कार गरेका हौँ ।’ उनले सरकारले ल्याएको बजेटप्रति समेत रास्वपाको असन्तुष्टि रहेको बताए



























































