भक्तपुर– भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाहरूको लागि निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ।
बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयको पहलमा सञ्चालित यो सेवा महिलाहरूको स्वास्थ्य संरक्षणमा केन्द्रित विशेष अभियानको रूपमा अघि बढाइएको हो।
अस्पतालका निमित्त निर्देशक डा। सुरेन्द्र भट्टका अनुसार, यो कार्यक्रम अन्तर्गत पहिलो दिन मंगलबार तीन जना महिलाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। “आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ,” डा. भट्टले जानकारी दिए।
आङ खस्ने समस्या भएका महिलाहरूलाई अस्पतालमा सम्पर्क गर्न र यो अवसरको लाभ लिन डा. भट्टले आह्वान गरेका छन्। उनका अनुसार, शल्यक्रिया पूर्ण रूपमा निःशुल्क हुनेछ र उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था अस्पतालले गर्नेछ।