काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले समयमा नै पार्टीको महाधिवेशन सम्पन्न गर्न क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने सदस्यहरुले समयसीमाभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने र त्यसका लागि क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका हुन् । केही दिनदेखि जारी बैठकमा विभिन्न भातृसंगठन, महाधिवेशन लगाएत समसामयिक विषयमा छलफल भइरहेको कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले वडातहदेखि केन्द्रसम्मका अधिवेशनलाई समयमा नै सम्पन्न गर्न क्यालेन्डर बनाउनुपर्ने सुझाव आएको बताए । प्रसाईंले बैठकमा संवैधानिक नियुक्तीका विषयमा सर्वोच्चको फैसला, पूर्वराष्ट्रपति राजनीतिमा फर्कने बिषय लगाएतका विषयमा समेत छलफल भएको उल्लेख गरे ।

त्यस्तै सदस्यहरुले पार्टी नेतृत्वलाई जनमत जोगाउन, संरचना सुधार गर्न, संगठनात्मक एकता कायम गर्न र जनताको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा समेत जोड दिएका छन् । केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रममा जारी रहेकाले बैठक सोमबार पनि बस्ने नेताहरुले जनाएका छन् ।