हेटौंडा – नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने ढोका खुलेको छ । काँग्रेसका २२ सांसदले बानियाको पक्षमा समर्थन गर्दा बहादुर लामाले हैसियत गुमाए पछि बानियाँ दलको नेता बन्दै मुख्यमन्त्री बन्ने रफ्तार अघि बढेका हुन् ।


ADVERTISEMENT


सभापति बानियाँलाई दलको नेता तथा मुख्यमन्त्री बनाउन काँग्रेसका केन्द्रीय नेता, प्रदेशका बहुसंख्यक नेतादेखि बहुमत सांसदहरूको समर्थन बढिरहेको छ ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार लामाका पक्षमा देखिएका १५ सांसद मध्येबाट समेत भोलि हुने दलको नेताको निर्वाचनमा बानियालाई साथ लिँदै सर्बमान्य नेताका रूपमा बानियालाई स्थापित गरिने तयारी समेत भईरहेको छ ।