काठमाडौँ – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या भएको गुनासो गरेका छन् ।


ADVERTISEMENT


मंगलबार ललितपुरमा मन्त्रालयले आयोजना गरेको स्वास्थ्य आपत्तकालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा पौडेलले स्वास्थ्यकर्मीहरुलाई उपत्यका बाहिर सरुवा गर्दा रमाना नै नबुझ्ने गरेको गुनासो गरे । उपत्यका बाहिर रहेका संघीय, प्रदेशीक लगाएतका स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने उपलब्ध गराउन नसकिएको उनले बताए ।


ADVERTISEMENT

# # #


मन्त्री पौडेलले अहिले उपत्यकामा आवश्यकताको करिव ७५ प्रतिशत र उपत्यका बाहिर करिव ३३ प्रतिशत मात्रै स्वास्थ्य जनशक्ति रहेको जानकारी दिए । अहिले स्वास्थ्य मन्त्रालयमा जम्मा स्वास्थ्यकर्मीहरूको संख्या २६ सय रहेको र उपत्यका बाहिर आवश्यकताको एकतिहाई जनशक्ति समेत नरहेको उनले बताए ।

पौडेलले सवै स्थानमा आवश्यकता अनुसार जनशक्ति राख्न सकिए सोही स्थानमा हुने बिपद्मा तत्काल स्वास्थ्य सहयोग गर्न सहज हुने धारणा राखे । उनले स्वास्थ्य क्षेत्रमा लगानी निकै कम रहेको समेत बताए । स्वास्थ्य संस्थालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिए संकट व्यवस्थापनमा ठूलो सहयोग पुर्याउन सकिने उनको भनाइ छ ।