काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा डिप बोरिङ जडान हुने स्थानमा छिटो भन्दा छिटो विद्युतको पहुँच पुर्याउन मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशका सवै वितरण प्रमुखसंग छलफल गर्दै कार्यकारी निर्देशक शाक्यले डिप बोरिङ जडान हुने स्थानमा स्थानीय तह र मातहतका निकायहरुसंग समन्वय गर्दै विधुतको तार, पोल, मिटर जडान लगायतका काम ५ देखि १० दिन भित्र गरिसक्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


सिँचाईका लागि सहज गर्न थ्रीफेज लाइन जडान गर्नुपर्ने भन्दै उनले प्रक्रियामा विषयमा नअल्झिकन छिटो सेवा दिन समेत निर्देश गरे । शाक्यले प्राधिकरण सेवामूलका साथै व्यवसायीक संस्था भएकाले विद्युत बिक्रिबाट संस्था सञ्चालन हुने स्पष्ट पारे । प्राधिकरण सरकारको अनुदानबाट नचल्ने भएकाले सेवा सुविधा बढाउनका लागि दवाव दिनु उचित नभएको उनको भनाइ छ ।

शाक्यले प्राधिकरणको घाटा बढ्दै गए संस्था नोक्सानमा जान धेरै समय नलाग्ने भएकाले यसबारेमा सबैलाई बुझाउन जरुरी रहेको बताए । सेवा भनेर निशुल्क विधुत बाड्न नसकिने उनले स्पष्ट पारे । उनले सिँचाई र खानेपानीका लागि सस्तोमा विधुत उपलव्ध गराउने प्रतिवद्धता जनाए ।