हेटौँडा – बागमती प्रदेशका पूर्वमन्त्री मीनकृष्ण महर्जनले पदको लोभमा मुख्यमन्त्रीले सिद्धान्त र नैतिकता बिर्सिएको बताएका छन् । उनले उनले पार्टी निर्णयको बेवास्ता गर्दै व्यक्तिगत हित र पदको मोहमा सरकार चलिरहेको आरोप लगाएका हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री महर्जनले मुख्यमन्त्री र वर्तमान सरकारका केही मन्त्रीहरूमाथि आरोप लगाएका हुन् ।


ADVERTISEMENT


उनका अनुसार मुख्यमन्त्री बहादुरसिंह लामाले अझै पनि एमालेका केही मन्त्रीहरूसँग नियमित सल्लाह लिइरहेको र स्वायत्त निर्णय क्षमताको अभाव देखिएको छ ।


ADVERTISEMENT

# # #


‘मुख्यमन्त्री अझै पनि एमालेकै प्रभावमा हुनुहुन्छ । निर्णय लिने स्वतन्त्रता देखिँदैन’ उनले आफूसहित चार जना मन्त्रीले ९ साउनमा एकसाथ पदबाट राजीनामा दिएको प्रसङ्ग उठाउँदै भने, ‘हामीले स्पष्ट असन्तुष्टि जनाउँदै राजीनामा दिएका थियौँ । तर, त्यसको भोलिपल्ट कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, स्वास्थ्य मन्त्री किरण थापामगर र श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन मुख्यमन्त्री निवास पुगेर हामी साथमा छौँ, राजीनामा नदिनुहोस् भन्दै मुख्यमन्त्रीलाई उक्साउनुभयो । कांग्रेसका आन्तरिक विवाद भित्र खेल्ने काम एमालेका मन्त्रीहरूबाट भयो । जसले प्रदेश सरकारलाई राजनीतिक सङ्कटमा धकेलेको छ ।’

मन्त्री श्रेष्ठले कृषि मन्त्री श्रेष्ठले पदको लोभमा दोहोरो चरित्र देखाएको उनले आरोप लगाएका छन् । विगतमा नागरिकलाई डेलिभरि दिन सकिएन, मुख्यमन्त्रीले काम गर्न सकेनन् भनेर आलोचना गर्ने व्यक्ति नै फेरि राजीनामा नदिनू भनेर दोहोरो चरित्र देखाएको उनले आरोप लगाए । उनले मन्त्री श्रेष्ठलाई यो पदको मोह होइन ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘मन्त्री श्रेष्ठले मलाई पटक–पटक भनेका थिए, इन्द्र बानियाँ मुख्यमन्त्री भए हामी पेलिन्छौँ । उ खतरा छ ।’ उनको भनाई यस्तो लाग्थ्यो जस्तो मुख्यमन्त्री बनाउने अधिकार नै उहाँसँग हो’ उनले भने ।

उनका अनुसार, बागमती प्रदेशको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भइसकेको र अब व्यक्तिगत रूपमा अनावश्यक चासो र दबाब सिर्जना गर्नु उचित नहुने पूर्व मन्त्री महर्जनले चेतावनी समेत दिए ।