काठमाडौँ – कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले समाजमा नकारात्मक असर पार्ने कुनै प्रकारका विधेयक सदनमा प्रस्तुत नहुने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री चौरसियाले बहुविवाहका सन्दर्भमा भएका चर्चा र बहसप्रति मन्त्रालय गम्भीर रहेको भन्दै समाजमा नकारात्मक असर पार्ने कुनै प्रकारका विधेयक सदनमा प्रस्तुत नहुने स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाह लगायतको कुनै पनि विधेयकलाई अघि नबढाउने उनले प्रतिवद्धता जनाए । मन्त्री चौरसियाले विभिन्न कानूनहरुलाई आवश्यक सुधारका लागि अहिले सुझाव मात्रै संकलन गरेको जानकारी दिँदै मन्त्रिपरिषद्को विधेयक समितिले विस्तृत अध्ययनपछि मात्रै अघि बढाइने बतानले बताए ।

बहुविवाह सम्वन्धी व्यवस्था, विवाहको उमेर सम्वन्धी, अग्रिम जमानत सम्वन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवी/माफी परिर्वतन सम्वन्धी व्यवस्थाहरुमा थप छलफल गर्नुपर्ने आवश्यकता रहेको उहाको भनाइ छ ।