काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले फाइनान्सले उक्त रकम सहयोग गरेको हो। फाइनान्सका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यो सहयोगले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा केही योगदान पुग्ने विश्वास लिइएको छ।
फाइनान्सले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।































































