काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख स्वकीय सचिवमा मिलन पुडासैनी नियुक्त भएका छन् । मुख्यमन्त्री बानियाँले पुडासैनीलाई बुधबार स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।


ADVERTISEMENT


पुडासैनीले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक सम्बन्धी ऐन, २०७५ (संशोधनसहित) दफा ११ अनुसार मुख्यमन्त्रीको सचिवालयमा स्वकीय सचिव (राजपत्रांकित द्वित्तीय)को रुपमा नियुक्ति पाएका छन् ।


ADVERTISEMENT

# # #


विगत एक दशकभन्दा लामो समयदेखि बानियाँलाई साथ दिँदै आएका पुडासैनी इमानदार, सञ्चार र सम्बन्ध कायम राख्नमा अब्बल मानिन्छन् । मुख्यमन्त्री बानियाँको अर्जुनदृष्टिलाई सफल बनाउन निरन्तर लागिरहेका पुडासैनीले महत्वपूर्ण जिम्मेवारी पाएका हुन् ।