काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षक नियुक्त भएका मोन्टी देसाई नेपाल आएका छन् ।


ADVERTISEMENT


बिहीबार नेपाल आएका मुख्य प्रशिक्षक मोन्टीलाई काठमाडौं गोर्खाजका पदाधिकारीले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका छन् । दोस्रो सस्करणको एनपिएलको अक्सनका लागि मोन्टी नेपाल आएका हुन् । नेपाल आएपछि बिमानस्थमा सञ्चारकर्मीसंग कुरा गर्दै काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षक मोन्टीले एनपिएलको दोस्रो सिजनका लागि आफु निकै उत्साहित भएको प्रतिक्रिया दिए ।


ADVERTISEMENT

# # #


एनपिएलको दोस्रो सिजनका लागि क्यानले आगामी श्रावण २४ गते शनिबार खेलाडी मिनी अक्सनको मिति तय गरेको छ ।