काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा स्वाबलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री गुरुङले डेमोक्रेशी विकासका लागि उत्तम विकल्प भएपनि राजनीतिक स्थिरताबिना विकास सम्भव नरहेको बताएका हुन् । नेपालमा अस्थीरताका कारण धेरै समस्या देखिएकाले स्थायीत्वका लागि ठूला दलको समीकरण बनाएको उनले बताए ।


ADVERTISEMENT

# # #


मन्त्री गुरुङले देशभर छरिएर रहेका साना–साना उत्पादनहरुलाई व्यवसायकमुखी बनाउन सके देश माथि उठ्न सक्ने धारणा राखे ।

कार्यक्रममा दुई लाख रुपैया राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई गरिएको छ भने दुई लाख राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल योगेन्द्र मण्डललाई प्रदान गरिएको छ ।

त्यस्तै ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो ।