काठमाडौं- नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।


ADVERTISEMENT


गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष रावलले शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहणसँगै उनले आजै डेपुटी गभर्नरको पदबहालीसमेत गरेका छन्।


ADVERTISEMENT

# # #


नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन्।

शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंकिङ सेवा प्रवेश गरेका थिए। त्यसपछि २०६९ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।

कार्यकारी निर्देशकमा पदोन्नतिपछि उनले बैंकको बैंक सुपरीवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए।

डेपुटी गभर्नरको जिम्मेवारी सम्हालेसँगै रावलले नेपाल राष्ट्र बैंकको मौद्रिक तथा बैंकिङ क्षेत्रसम्बन्धी काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।