काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धब थापालाई गरिएको कारवाहीप्रति आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै नेता थापाले उद्धब थापालाई जवरजस्ती कारवाही गरेको भन्दै आफ्नो असहमति रहेको बताएका छन् । संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीको निर्णय पार्टीको विधि, विधान र पद्धतिविपरीत हतारमा र जबर्जस्ती लादिएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उनले आफू लगायत केही नेताहरूले उक्त निर्णयको विपक्षमा लिखित रूपमै फरक मत दर्ता गराएको जानकारी दिएका छन् । नेता थापाले विगतका अभ्यास, पार्टी विधान र कमजोरीहरूको समग्र अध्ययन गर्न पहिले एक निष्पक्ष छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले बागमती प्रदेश संसदीय दलले केन्द्रको निर्देशनका लागि अन्तिम समयसम्म प्रतीक्षा गरेको तर सरकार गठनबारे केन्द्रबाट स्पष्ट निर्देशन नआएपछि बहुमत सदस्यहरूको निर्णयबाट कदम चालेको दाबी गरेका छन् ।

उनले  पार्टी पहिलेदेखि नै संकटमा रहेको अवस्थामा हैकमवादी शैलीमा नेता–कार्यकर्तामाथि कारबाही गर्दै जाँदा संगठन थप ध्वस्त हुने चेतावनी दिएका छन् ।