काठमाडौं – दार्चुला पावर लिमिटेडले प्राथिमक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनीले आफ्नोजारी पूँजीको २० प्रतिशत अर्थात ३० लाख कित्ता साधारण शेयर प्रतिकित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणहरुमा जारी गर्ने भएको हो । जसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडको तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


दार्चुला पावर लिमिटेडको स्थापना जलविद्युत आयोजना विकास तथा सञ्चालनको लागि गरिएको कम्पनी हो, जसको प्रमुख उद्देश्य राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन गरी आपूर्ति गर्नु हो । कम्पनीले हाल २८.३०४ मेगावाट को मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यो आयोजना चमेलिया खोलामा आधारित रन–अफ–रिभर प्रकारको आयोजना हो, जुन दार्चुला जिल्लाको मार्मा गाउँपालिका, सुदूरपश्चिम प्रदेश, नेपालको सुदुर पश्चिमी क्षेत्रमा अवस्थित छ । उक्त आयोजनाको निर्माण कार्यहरु दु्रत गतिमा अगाडि बढेको छ भने आगामी डेढ वर्षमा निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइन मा जोड्ने लक्ष्य कम्पनीको रहेको जानकारी गराएको छ ।

यस कम्पनीको प्रमुख प्रवद्र्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो, जुन नेपालको विद्युत क्षेत्रमा अग्रणी कम्पनी हो र यस कम्पनीको मुख्य कारोबार राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन तथा आपूर्ति गर्नु हो । दार्चुला पावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडको प्रमुख शेयर स्वामित्व रहने गरी लगानी गरेको छ र प्रवद्र्धकको रूपमा परियोजनाको विकासको लागि आवश्यक स्वपूँजी लगानी गर्नेछ ।