काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन् ।
राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङदेनले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका हुन् । उनले राजनीतिले खान लाउन नदिने भएकाले राजनीतिमा लागेका हरेक व्यक्तिहरुले कुनै न कुनै व्यवसाय गर्नैपर्ने उल्लेख गरे ।
लिङदेनले आफुले राजनीतिक जिवनमा कुनै बेइमानी नगरेको र कसैको एक रुपैया पनि घुस नलिएको बताए ।
उनले नेपालका भएका स्रोत साधनको अधिकतम उपयोग गर्न सके कुनै पनि युवाहरु विदेशीन नपर्ने गरि स्वदेशमा परिचालन गर्न सकिने धारणा राखे । उनले पार्टीले लिएको उदेश्यका एकजुट भएर लाग्न पार्टीको महिला संगठनलाई निर्देशन दिए ।


























































