काठमाडौँ– डिशहोमले नेपालमै पहिलोपटक भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको छ, जसले सक्रिय डिशहोम ग्राहकहरूलाई देशभरका प्रतिष्ठित होटल, रेस्टुरेन्ट, यात्रा, पर्यटन र लाइफस्टाइल ब्रान्डहरूमा विशेष छुट र सुविधाको लाभ दिनेछ।


ADVERTISEMENT


अब ग्राहकहरूले माइ डिशहोम एप प्रयोग गरी यो कार्ड सहज रूपमा प्राप्त र प्रयोग गर्न सक्नेछन्। कार्डमार्फत २५ प्रतिशतसम्मको छुट पाइने यो सुविधा हाललाई १० प्रमुख ब्रान्डका ३५ भन्दा बढी आउटलेटहरूमा लागू गरिएको छ।


ADVERTISEMENT

# # #


सुरुवाती चरणमा सहभागी ब्रान्डहरूमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, सिद्धार्थ हस्पिटालिटी ग्रुप (महेन्द्रनगरदेखि काठमाडौं र बुटवलसम्मका दर्जनौं स्थानमा रहेका होटल, रिसोर्ट र रेस्टुरेन्टहरू), होटल ले हिमालय (काठमाडौं), लेक साइड रिट्रिट (पोखरा), इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स (हरकपुर, मौलाकाली, बाग्लुङ), मेलुङ ठकाली (सबै आउटलेट), साकी एण्ड फेङ रेस्टुरेन्ट (काठमाडौं), लुम्बिनी केबलकार (बुटवल), मौलाकाली केबलकार (गैडाकोट, चितवन) र अचार घर (कमलपोखरी र कुपन्डोल) रहेका छन्।

डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भनिन्, “भर्चुअल प्रिभिलेज कार्डमार्फत, हामी इन्टरनेट र टेलिभिजन सेवामात्र होइन, ग्राहकहरूको जीवनशैलीमा प्रत्यक्ष रूपमा थप मूल्य दिन चाहन्छौं। यो हाम्रो सेवाप्रतिको प्रतिबद्धता र ग्राहकप्रतिको कृतज्ञताको एउटा नमुना हो।”

डिशहोमले आगामी महिनाहरूमा यो प्रिभिलेज कार्ड नेटवर्कलाई १०० भन्दा बढी ब्रान्डसम्म विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। विस्तारसँगै विभिन्न श्रेणीका थप ब्रान्ड र सुविधाहरू समावेश हुनेछन्, जसले ग्राहकहरूको रोजाइ र आवश्यकतालाई अझ राम्रोसँग सम्बोधन गर्नेछ।

सक्रिय डिशहोम ग्राहकहरूले माइ डिशहोम एप (प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी) मा गएर आफ्नो भर्चुअल कार्ड सक्रिय गर्न सक्नेछन्। कार्ड प्रयोग गर्न ग्राहकले सहभागी आउटलेटहरूमा आफ्नो डिजिटल कार्ड देखाएर छुट प्राप्त गर्नुपर्नेछ।

डिशहोमको यो नवीनतम पहलले ग्राहक अनुभवलाई सेवा, सुविधा र जीवनशैलीको समग्र रूपमै समृद्ध बनाउने लक्ष्य लिएको छ। इन्टरनेट र टेलिभिजन सेवाबाट सुरु भएको यात्रामा अब डिशहोम, ग्राहकको जीवनका हरेक पक्षमा प्रत्यक्ष साथ रहनेतर्फ अग्रसर भएको देखिन्छ।