काठमाडौँ – डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि “खुशीको बोनस – ३६५ दिन नै बोनस!” नामक विशेष योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान गर्ने वा वार्षिक रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की ड्रमा सहभागी हुनेछन्। उक्त लक्की ड्रबाट हरेक हप्ता १४ जना भाग्यशाली विजेता चयन गरिनेछन्।
विजेताहरूमा १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक समावेश हुनेछन्, जसले एक वर्षको लागि अर्थात् ३६५ दिनसम्म सित्तैमा इन्टरनेट सेवा प्राप्त गर्ने अवसर पाउनेछन्।
डिशहोमले यो योजना ग्राहकहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ ल्याएको हो। कम्पनीले ग्राहकहरूको निरन्तर साथ र विश्वासप्रति कृतज्ञता प्रकट गर्दै यो अफर सुरु गरेको जनाएको छ।
लक्की ड्रमार्फत विजेताको घोषणा हरेक हप्ता साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमार्फत गरिनेछ।
नयाँ इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलरमार्फत वा ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिन्छ। रिचार्ज गर्न चाहने ग्राहकहरूले खल्ती, ईसेवा वा माईडिशहोम एप प्रयोग गर्न सक्नेछन्।
डिशहोमले ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न वार्षिक प्याकेजहरू पनि उपलब्ध गराएको छ। १०० एमबिपिएसको वार्षिक शुल्क रु. ८,५००, २०० एमबिपिएसको रु. ११,५०० र ३०० एमबिपिएसको वार्षिक शुल्क रु. १३,५५० रहेको छ, जुन सबै मूल्यमा भ्याट समावेश गरिएको छ। नयाँ जडानको लागि थप रु. १,१३० लाग्नेछ।
डिशहोम सधैं आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको छ। “३६५ दिन बोनस” योजना पनि कम्पनीको यही सोचको उपज हो, जसले इन्टरनेट सेवाको मूल्य मात्र होइन, ग्राहकको अनुभवलाई समेत समृद्ध बनाउने विश्वास गरिएको छ।


























































