काठमाडौं — आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा बीमा दाबीअन्तर्गत करिब २ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ।


ADVERTISEMENT


कम्पनीले साउन महिनाभित्र कुल ४५ वटा बीमा दाबीको निवारण गरेको हो। तीमध्ये सबैभन्दा बढी हिस्सा वैदेशिक रोजगार बीमाले ओगटेको छ। कम्पनीले यस शिर्षकअन्तर्गत १५ दाबीमा १ करोड ९४ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ।


ADVERTISEMENT

# # #


त्यस्तै, परम्परागत बीमाको ६ दाबीमा ३१ लाख २५ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरिएको छ।

म्यादी (टर्म) बीमातर्फ कम्पनीले २४ दाबीमा १४ लाख ७१ हजार २६४ रुपैयाँ वितरण गरेको जनाएको छ।

आइएमई लाइफले बीमा दाबीको समयमै तथा प्रभावकारी भुक्तानीमार्फत बीमाप्रति विश्वास बढाउन र ग्राहक सेवामा सन्तुष्टि ल्याउन प्रयासरत रहेको जनाएको छ।