काठमाडौँ — छिमेकी मुलुक भारतले नेपाली सेनालाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


भारत र नेपालबीचको दीर्घकालीन र बलियो रक्षा सहकार्यलाई अझ सुदृढ बनाउँदै भारतका विदेश सचिव विक्रम मिस्रीले नेपाली सेनाका प्रधानसेनापति सुप्रबल जनसेवाश्री जनरल अशोकराज सिग्देललाई लाइट स्ट्राइक गाडी, गम्भीर बिरामी उपचारका लागि आवश्यक मेडिकल उपकरण र सैन्य जनावरहरू हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त हस्तान्तरण कार्यक्रम नेपाली सेना मुख्यालय, काठमाडौंमा आयोजित विशेष समारोहमा सम्पन्न भएको हो।

यस सहयोगले दुई देशको सेनाबीचको गहिरो विश्वास, साझेदारी र दीर्घकालीन सम्बन्धलाई प्रतिबिम्बित गर्दछ। साथै, यसले भारत-नेपालबीचको रक्षा सम्बन्ध अझ मजबुत बनाउँदै आएको स्पष्ट संकेत गर्दछ।

दुवै पक्षले रक्षा सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यो हस्तान्तरण नेपाल(भारत सम्बन्धमा सेनास्तरीय सहयोगको ऐतिहासिक परम्परालाई निरन्तरता दिएको छ।