काठमाडौं – ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।


ADVERTISEMENT


नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु एक्स्पोमा करिव ५५ भन्दा बढि ब्रान्ड सहभागी भएका छन् । एक्स्पोमार्फत ४० वटा नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक गर्ने तयारी आयोजकको छ । दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको एक्स्पोमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधि, सेवा तथा यससँग सम्बन्धित विभिन्न उत्पादन प्रदर्शनमा रहेको नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले जानकारी दिइन ।


ADVERTISEMENT

# # #


उनले एक वर्षअघि २१ सदस्य कम्पनीहरूबाट सुरु भएको संस्थामा हाल ३६ सदस्य कम्पनीहरू आबद्ध भइसकेकको बताइन । मोबिलिटीलाई केवल विलासिता वा सरकारको राजस्व सङ्कलनको माध्यमको रूपमा मात्र नहेरी, यसलाई पहुँच, कनेक्टिभिटी, अवसर तथा राष्ट्रिय विकासको अत्यावश्यक पूर्वाधारका रूपमा लिनुपर्नेमा उनले जोड दिइन । नीति–नियममा पटक–पटक हुने परिवर्तनले अन्योल सिर्जना गर्ने भएकाले सरकारले निजी क्षेत्र तथा सरोकारवालाहरूसँग पर्याप्त छलफल र परामर्श गरेर मात्र स्थिर एवं पारदर्शी नीति ल्याउनुपर्ने उनले बताइन् ।

एक्स्पोलाई सवारीसाधन किनबेच र प्रदर्शनमा मात्र सीमित नराखी अटोमोबाइल व्यवसायी, प्रविधि, उपभोक्ता र अटोप्रेमीलाई जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष बैद्यले उल्लेख गरिन् । एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।