काठमाडौँ – सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने भएका छन् ।


ADVERTISEMENT


सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्तागठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछिमात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेका हुन् । बैठकपछि नेताहरुले उपसभामुख राना देश बाहिर रहेकाले स्वदेश फर्किपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति भएको जनाएका छन् ।


ADVERTISEMENT

# # #


हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख भाद्र १३ गतेपछि मात्रै स्वदेश फर्कने बुझिएको छ । बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने विषयमा छलफल नै नभएको बताएका छन् ।

सत्तारुढ दलकाबीचसंसदीय मामिलालाई प्रभावकारी बनाउने, महत्वपूर्ण विधेयकलाई अघि बढाउने र संसदमा देखिएको गतिरोधका विषयमा साझा धारणा बनाउने प्रयास गरिएको उनले बताए । त्यस्तै उनले भूमिसम्बन्धी विधेयकमा सत्तारुढ दलबीच समान धारणा बनाएर सदनबाट पारित गर्न छलफल भएको जिकिर गरे ।

बर्तौलले उपसभामुखका विषयमा उठेका प्रश्नहरुलाई निष्कर्षका पुराउनका लागि खुला ढंगले छलफल गर्ने बताए । उपयुक्त समयमा यसका विषयमा आवश्यक निर्णय लिने भन्दै उनले उपसभामुख देशबाहिर रहेका बेला उहाकाविरुद्ध टिप्पणी गर्नु उचित नहुने धारणा राखे ।

यस्तै जनता समाजवादी पार्टीका नेता वीरेन्द्र महतोले उपसभामुख नेपालमा नरहेकाले स्वदेश फर्किपछि यसबारे छलफल गरेर आवश्यक निर्णय लिइने बताए । सत्तागठबन्धको बैठकमा समयमा नै विधेयक पारित गर्न संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने लगाएतका विषयमा छलफल भएको उनले बताए ।

बैठकमा कांग्रेस एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमतलगायत दलका नेताहरु सहभागी भएका थिए ।