काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आउदो पर्वलार्ई लक्षित गर्दै ग्राहकहरु माझ अटो लोनको स्किम सार्वजनिक गरेको छ ।
बैंकले आउदो दशैं–तिहारलाई लक्षित गरी ६.२९ प्रतिशत ब्याजको उक्त योजना सार्वजनिक गरेको हो ।
जसअन्र्तगत ग्राहकहरुले आधार दर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत प्रिमियम कर्जामै आफूले चाहेको सवारी साधन किन्न सक्नेछन् ।
बैंकका अनुसार यो योजना छठ पर्वसम्मका लागि लागू हुनेछ ।


























































