काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको कार्यशैली सुधार गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै महामन्त्री थापाले अहिले जनताले सरकारको कामबाट चित्त नबुझाएको र सरकारको काम गर्ने ढंगसमेत नपुगेको भन्दै सरकारको कार्यशैली सुधार गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।
कांग्रेस–एमालेको संयुक्त सरकारलाई ठिक ढंगले अघि बढाउन आफुहरु तयार रहेको तर नेतृत्व गर्नेले जथाभावी सरकारको गाडी हाँकेको उनले बताए ।
उनले ठीक ढंगले चिन्तन गरेर हिजो सुरुवात गरेको सुधारको कामलाई तत्काल निरन्तरता दिन सुझाव दिए । थापाले सरकार गठनका बेला भएको सातबुदे सहमति अनुसार संविधान संशोधनको काम समेत अघि बढ्न नसकेको भन्दै असन्तुष्टी व्यक्त गरे ।
त्यस्तै उनले भारत र चीनले नेपाली भूमिको बारेमा नेपालको अनुस्थितिमा गरेको सम्झौताप्रति गम्भीर असहमति व्यक्त ग=गरे । यो विषयलाई घरेलु राजनीति र उग्र राष्ट्रवादी हुनेतर्फ पनि लाग्न नहुने उनको भनाइ छ ।
महामन्त्री थापाले अब नेपाली भूमिमाथि आँखा लगाउने कुरा स्विकार्य छैन भनेर जवाफ दिनुपर्ने जिकिर गरे। त्यसका लागि नेपालले आफ्नो साझा पोजिसन बनाउनुपर्नेमा उनको जोड छ ।



























































