काठमाडौं– प्रधान सेनापति अशोक राज सिग्देल आज थाइल्यान्ड जाने भएका छन् । हुआ हिनमा आयोजना हुने वार्षिक हिन्द–प्रशान्त रक्षा प्रमुख सम्मेलनमा सहभागी हुन प्रधानसेनापति सिग्देल थाइल्यान्ड प्रस्थान हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।


ADVERTISEMENT


प्रधान सेनापति सिग्देललाई थाइल्यान्ड प्रस्थान गर्नु पूर्व नेपाली सेनाको एक टुकडीले जङ्गी अड्डामा सम्मान गारत अर्पण गरेको छ ।


ADVERTISEMENT

# # #


सम्मेलन भाद्र १० देखि १२ गतेसम्म थाइल्यान्डको रोयल थाई सशस्त्र सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको हिन्द प्रशान्त कमान्ड द्वारा सञ्चालन हुनेछ। २०५६ सालदेखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ ।

सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तर्राष्ट्रिय सुरक्षा अवस्था, प्रविधि, रणनीतिक सोच लगायत समसामयिक विषयमा विचार–विमर्श, छलफल र अनुभव आदानप्रदान हुने छ ।

यसले सहभागी राष्ट्रहरूसँग नेपालको सैनिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने र नेपाली सेनाले सैनिक कूटनीतिक माध्यमबाट नेपालको परराष्ट्र नीति सुदृढ गर्ने विश्वास लिएको छ ।

प्रधान सेनापति अनुपस्थितिमा बलाधिकृत रथी निर्मल कुमार थापाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।