काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी सिध्याउँन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


पार्टी गठनको चार वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्र बसेर पार्टी सिध्याउँन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा नभएको उल्लेख गर्दै अध्यक्ष नेपालले पार्टीको पक्षमा दृढताका साथ बोल्न निर्देशन समेत दिए । उनले पार्टीभित्रको असन्तुष्टिलाई पार्टीभित्रै राख्नुपर्नेमा जोड दिए । पार्टीभित्र अनुशासनहीनतालाई छुट दिन नसकिने उनको भनाइ छ ।

अध्यक्ष नेपालले कसैको लेखाइमा पार्टीमाथि आँच पुर्याउने र पार्टी नेतृत्वलाई गर्नेलाई सहेर बस्न नसकिने जिकिर गरे । त्यस्तै उनले लिपुलेक क्षेत्रका व्यापारिक सम्बन्ध विस्तार गर्ने भारत–चीन विपरितको सहमति स्वीकार्य नरहेको भन्दै सरकारले कुटनीतिक तवरबाट आफ्नो स्पष्ट धारणा राख्न सक्नुपर्ने बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले १० औँ महाधिवेशनले अघि सारेको नेपाली समाजवादको कार्यक्रमलाई पार्टीले अझैसम्म प्रकाशन नगरेको भन्दै असन्तुष्टी जनाए । देशको समाजवादी कार्यक्रमको रुपलाई अघि बढाउन नेपाली समाजवादको कार्यक्रमलाई प्रकाशन गर्नुपर्ने उनको भनाई छ ।

उनले मुख्य बर्गभित्र नपुगेसम्म साच्चैकै कम्युनिष्ट पार्टी निर्माण गर्न नसकिने उल्लेख गरे ।