काठमाडौं– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पुनर्वास नगरपालिका.५ “ग” गाँउ बस्ने १८ वर्षीय जयराज थापा रहेका छन् ।


ADVERTISEMENT


थापाको सोहि नगरपालिका १० दोदापुलस्थित सडकमा सु.प.प्र ०१–००८प ४९९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जानाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।