काठमाडौं – रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सुनसरीलगायतका क्षेत्रमा उत्पन्न तनावलाई मध्यनजर गर्दै शान्ति, सद्भाव र संयम कायम राख्न सबै राजनीतिक दलको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।


ADVERTISEMENT


बैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीलगायतका स्थानमा भड्किएको तनावलाई नियन्त्रणमा लिन सबै दल एकमत भएको जानकारी दिए। उनका अनुसार राजनीतिक दलहरूले नागरिकलाई संयम अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने सहमति गरेका छन्।


ADVERTISEMENT

# # #


बैठकमा सहभागी दलका नेताहरूले यस्तो संवेदनशील परिस्थितिमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले थप अन्योल सिर्जना गरेको भन्दै सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले सरकारलाई जिम्मेवार, संवेदनशील र सक्रिय ढंगले प्रस्तुत हुन आग्रह गरेका छन्।

नेता आङ्देम्बेले यस्ता गम्भीर विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग समेत आवश्यक परामर्श गरेर राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिइएको टिप्पणी गरे।

यस्तै, शंकर पोखरेलले बैठकमा सुनसरीलगायतका क्षेत्रमा देखिएको तनावलाई सामान्य अवस्थामा फर्काउने उपायबारे विस्तृत छलफल भएको बताए। उनले भीड नियन्त्रण र सुरक्षा व्यवस्थापनमा सरकार किन प्रभावकारी हुन नसकेको भन्ने विषयमा पनि दलका नेताहरूले गम्भीर चासो व्यक्त गरेको जानकारी दिए।