काठमाडौं – झापा र मोरङ जिल्लाबाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले उल्लेखनीय मात्रामा लागूपदार्थ बरामद गरेको जनाएको छ।


ADVERTISEMENT


हिजो दिउँसो साढे १२ बजे, झापाको मेचीनगर नगरपालिका–८, गिरीगाउँस्थित एक स्थानबाट लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय अजय मेचे र भारत पश्चिम बंगाल, दार्जिलिङ जिल्ला, उत्तरा रथखोला भिमराम नक्सलबारीका ३० वर्षीय कनकन राह (उर्फ टान्टु) रहेका छन्। उनीहरूबाट १०० ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैदिन बेलुका ६ बजे, मोरङको उर्लाबारी नगरपालिका–७, पारिजात टोलस्थित एक घरबाट इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले थप दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४२ वर्षीय लालबहादुर लिम्बु र ३२ वर्षीय पदमबहादुर अधिकारी रहेका छन्। उनीहरूको साथबाट ६९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई सम्बन्धित प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको छ।