काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख रुपैयाँ नजिक पुगेको छ । आज सुनको मूल्य तोलमा ४ सयले रुपपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा छापावाल सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ कारोबार भएकाृ थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य ४०० रुपैयाँ बढेको हो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३ सय ४५ रुपैयाँका कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।




























































