हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक विचारभन्दा माथि उठेर विकास र विस्तारमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकन तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रतिष्ठानको लागि बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले प्रतिष्ठान स्थापना हुँदा आफू प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा रहेको स्मरण गर्दै तत्कालीन सत्तापक्ष र प्रतिपक्षको सर्वसम्मत निर्णयबाट संस्था स्थापना भएको उनले बताए । प्रतिष्ठानको विकासमा कुनै राजनीतिक बाधा नहुने उनले स्पष्ट पारे ।



























































