काठमाडौं–भारतको बाँधबाट अतिरिक्त पानी छोडेको चेतावनी पाएपछि पाकिस्तानी अधिकारीहरूले पञ्जाब प्रान्तका तीनवटा प्रमुख नदीका छेउछाउका क्षेत्रहरूबाट १ लाख ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना जारी गरेको छ ।


ADVERTISEMENT


भारी वर्षा र बाढीले पानीको सतहले खतराको सिमा पार गरेपछि भारतीय पक्षबाट पानी छोड्दा पन्जाबको ठुलो भाग डुबानमा पर्ने खतरा रहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।


ADVERTISEMENT

# # #


पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले भारतको पछिल्लो चेतावनी अघि नै निकासी सुरु भएको तथा अझै जारी रहेको बताएका छन् । उनका अनुसार यो अभियानमा लगभग ३५ हजार मानिस चेतावनी पछि स्वेच्छाले सुरक्षितस्थलतर्फ भागेका छन् ।

पन्जाब र कश्मीरमा आगामी दिनमा पुनः भारी वर्षाको चेतावनीको बीचमा रावी, सतलज र चेनाब नदिले ठूलो बाढीको सामना गरिरहेको जनाइएको छ । रासस