काठमाडौं– आई.सी.एफ.सी. फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र ८ प्रतिशत आई.सी.एफ.सी. फाइनान्स लिमिटेड डिबेञ्चर—२०८९ निष्कासन गर्ने भएको छ।


ADVERTISEMENT


कम्पनीले उक्त ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा कुमारी क्यापिटल लिमिटेडलाई दिएको छ। कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा दुवै संस्थाबीच सम्झौता भएको हो।


ADVERTISEMENT

# # #


सम्झौता पत्रमा आई.सी.एफ.सी. फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडका सीईओ पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

कम्पनीले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बन्धित नियामक निकायहरूको स्वीकृति प्राप्त गरेपछि मात्र ऋणपत्रको सार्वजनिक निष्कासन प्रक्रिया अगाडि बढाइने जानकारी दिएको छ।