काठमाडौं–दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस पल्टँदा २२ यात्रु घाइते भएका छन् । तीमध्ये ४ जनाको अवस्था गम्भीर छ । बिहीबार बिहान साढे ९ बजेतिर काठमाडौं आइरहेको बा १ ख ९९९९ नम्बरको यात्रुवाहक बस फर्पिङमा दुर्घटनामा परेको थियो । घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT


गम्भीर घाइते ४ यात्रुलाई उपचारका लागि बल्खुस्थित वयोधा अस्पताल ल्याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।