काठमाडौं– विभिन्न स्थानमा शनिबार साँझ डुबेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी पश्चिम, रामग्राम नगरपालिका–१४ अमरौटकी २० महिनाकी अप्सरा चौधरीको घरनजिकैको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


ADVERTISEMENT


यसैगरी, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अर्चलेमा २ वर्षीया प्रिन्सिका रम्तेल आफ्नै घरको पानी ट्यांकीमा डुबेर ज्यान गुमाइन्। घटनापछि स्थानीयवासी स्तब्ध भएका छन्।


ADVERTISEMENT

# # #


त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–१९ अकला बस्ने बागलुङ घर भएकी कल्पना पुनका ३ वर्षीय छोरा युनिक पुनको नालीमा बगेर मृत्यु भएको हो। खेल्ने क्रममा नालीमा खसेका उनी गम्भीर घाइते भए पनि उपचारका क्रममा मातृशिशु अस्पताल बाटुलेचौरमा ज्यान गएको प्रहरीले जनाएको छ।