काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारीमा इम्बोस्ड नम्बर जडान कार्यलाई असोज १ गतेबाट अनिवार्य नबनाइएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री दाहालले असोज १ गतेबाट इम्बोस्ड नम्बर जडान नगरे कारवाही हुने भन्ने भ्रम रहेकाले तत्काल जडान नगरेपनि कारवाही नहुने स्पष्ट पारेका हुन् । उनले आफुलाई अनुकुल समयमा इम्बोस्ड नम्बर जडान गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


उनले सवारीमा एम्बोस्ड नम्बरका लागि सम्झौता पहिला नै भइसकेको हुनाले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने भएको बताए ।

उनले व्यक्ति, निजी वा सरकारी सवारी साधनका लागि अहिलेसम्म ६ लाख ३५ हजार पाँच सय ४५ छपाइ भइसकेको र ८७ हजार ९८९ इम्बोस्ड नम्बर जडान भइसकेको जानकारी दिनुभयो । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि देशभरका सवारी साधनको विवरण यकिन हुने उनको भाइ छ ।

उनले सवारी साधनामा इम्बोस्ड नम्बर जडान गर्न निर्देशिकासमेत जारी भएको जानकारी दिए ।