काठमाडौँ – एनसेलले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने भएको छ । बिहीबार सञ्चार मन्त्रालयको निर्णय र निर्देशन प्राप्त भएको भन्दै एनसेलले सोही अनुसार आफ्नो इन्टरनेट सेवाबाट सामाजिक सञ्जाल बन्द गर्ने जानकारी दिएको हो ।


ADVERTISEMENT


एनसेलद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गर्नका लागि यस कम्पनीलाई निर्देशन दिए बमोजिम एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नचल्ने अग्रिम जानकारी गराउन चाहन्छौं । यसबाट पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।’ यद्दपि नेपालमा दर्ता भएका टिकटक र भाइबर भने एनसेलको डाटा लिएर चलाउन सकिने कन्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न भदौ ९ गते बसेको मन्त्रिपरिषद्‌को बैठकले नेपालमा सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनको म्यादसहित आह्वान् गरेको थियो । सो अवधिमा सूचीकरण नभए सामाजिक सञ्जाल निष्क्रिय गर्ने चेतावनी दिएको थियो ।

सोही अनुसार सरकारले दिएको समयावधि बुधबार सकिएको थियो । तर, कुनै पनि सामाजिक सञ्जाल सूचीकरण हुन नआएपछि बुधबार मन्त्रीस्तिरीय बैठकले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

प्राधिकरणले उक्त निर्देशन कार्यावयन गर्न सबै इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेको छ ।

May be an image of text