काठमाडौं– सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको हो ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
सुनको मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँले बढेको र चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाउँदै प्रतितोला २ हजार ४ सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बिहिबार सुनको मूल्य तोलामा २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ ।
चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४ सय ९० रुपैयाँमा कोरोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।



























































