काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले राजीनामा दिएका छन् । जेन–जीको देशभर भएको प्रदर्शन ठूलो रक्तपातपछि प्रधानमन्त्री ओलीले राजीनामा दिन बाध्य भएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले ओलीले राजीनामा दिएको पुष्टि गरेको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध सोमबार देशभर जेन–जीले गरेको आन्दोलनमा प्रहरीको गोली लागरेर २० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । यस्तै महत्वपूर्ण सरकारी कार्यालय, पार्टी कार्यालय तथा शीर्ष नेताका घरमा तोडफोड र आगजनी गरेका छन् ।
आन्दोलन जारी छ ।




























































