काठमाडौँ – महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता बडालले २४ भदौ देखि नै लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
आफूले प्रधानम्न्त्री ओलीले राजीनामा दिएका दिन नै राजीनामा दिए पनि राष्ट्रपति कार्यालयले आज मात्रै स्वीकृत गरेको बताए । महान्याधिवक्तको नियुक्ति नेपालको संविधानको धारा १५७ अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा हुने गर्छ ।
महान्याधिवक्ताले नेपाल सरकारको मुख्य कानूनी सल्लाहकारको रुपमा संवैधानिक एवं कानूनी विषयमा रायसल्लाह दिने लगायतका विषयमा सहयोग गर्छ । महान्यायाधिवक्ताको अवधि प्रधानमन्त्रीले चाहेसम्मका लागि हुन्छ । हरेक पटक सरकार परिवर्तन हुँदा महान्यायाधिवक्ता पनि परिवर्तन हुन्छ ।



























































