काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेन–जी आन्दोलनका शहीद विनोद महर्जनको घरमा पुगेर श्रद्धाञ्जली अर्र्पण गरेका छन् ।
बुधबार पाटनस्थीत घरमा पुगेर मन्त्री घिसिङले महर्जनप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना व्यक्त गर्दै परिवारजनसंग छलफल गरेका हुन् । सो क्रममा महर्जनको परिवारले देशलाई परिवर्तन गर्न युवाहरुले दिएको बलिदानलाई कदर गर्दै अघि बढ्न मन्त्री घिसिङसमक्ष आग्रह गरेका थिए ।
साथै उनीहरुले शहीद परिवारलाई राज्यले उचित सहयोग गर्नुपर्ने बताएका थिए । मन्त्री घिसिङले युवाहरुका आकांक्षा अनुसार सरकार अघि बढ्ने प्रतिवद्धता जनाए । देशलाई ठूलो परिवर्तनको आवश्यकता देखिएको उल्लेख गर्दै मन्त्री घिसिङले त्यसका लागि वर्तमान सरकार गम्भीर भएर लाग्ने धारणा राखे ।


























































