काठमाडौं– रोयल काठमाडौं हिमालय प्रा.लि. द्वारा उतपादित वाइन बिगमास्टरले ‘लक्की ड्र’ इभेन्ट सम्पन्न गरेको छ।


ADVERTISEMENT


बिगमास्टर वाइनको आधिकारिक बिक्रेतालाई लक्षित गरी गत भदौ १३ गते सम्पन्न गरिएको ‘लक्की ड्र’मा ललितपुरको ‘ओरिसा स्टोर’का राजु लामाले प्रथम पुरस्कार बुलेट बाइक प्राप्त गरेका छन्।


ADVERTISEMENT

# # #


कम्पनीका अध्यक्ष गणेश चापागाईले कम्पनीले आफ्नो आधिकारिक बिक्रेताहरूका लागि हरेक वर्ष ‘लक्की ड्र’ इभेन्टको आयोजना गर्दै आइरहेको हिमालय पोष्टलाई जानकारी दिए ।

ललितपुरको झम्सिखेल रामबाग प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रममा लामाले ३५० सिसि बुलेट बाइक जितेका हुन्। त्यस्तै दोस्रो पुरस्कार स्वरूप दुई जनाले सुनको सिक्का जित्न सफल भएका छन्।

बिगमास्टर वाइनका आधिकारिक बिक्रेता ‘टुडालदेवी स्टोर’का ध्रुव श्रेष्ठ र ‘बिटी सप्लायर्स’का शंकर दाहालले सुनको सिक्का जितेका हुन्।

चौथो पुरस्कार स्वरूप ‘एच सेभेन’ इन्टरप्राइजेजका हेमराज बराल र ‘सिंह ट्रेडर्स’का सुशान्त सिंहले ८ केजीको वासिङ मेसिन जितेका छन्।

त्यस्तै, पाँचौँ पुरस्कार ‘रेडमी–नोट १४’ स्मार्ट फोन महालक्ष्मी सप्लायर्सले जितेको छ। छौटौँ पुरस्कार ‘रेडमी–नोट १३’ स्मार्ट फोन बिनायक स्टोरले जितेको छ। सान्तवना पुरस्कार स्वरुप बिगमास्टर वाइन ९ कार्टुन ९ जनाले जनाले प्राप्त गरेका छन्।

९ कार्टुन वाइन प्राप्त गर्नेहरूमा संसृक लिक्वेर, पिएन सप्लायर्स, ओरिसा स्टोर, एच.सेभेन इन्टरप्राइजेज, एस.बि.बि. सप्लायर्स, इजरा ट्रेडर्स, बिनायक स्टोर, आर.के स्टोर र ओसियन स्टोर रहेका छन्।