काठमाडौँ – नेकपा माओवादी केन्द्रले २०८२ साल मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । सम्पत्ति


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले मौजुदा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन सम्पन्न गर्नका लागि पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय भएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । अध्यक्ष लगायत सवै पदाधिकारीको व्यवस्था स्थगित गर्ने र महाधिवेशनमा युवाहरुको अधिकतम सहभागिताको वातावरण बनाउने निर्णय बैठकले गरेको छ ।


ADVERTISEMENT

# # #


पदाधिकारी र केन्द्रीय समिति भंग भइसकेको अवस्थामा पार्टीका नियमित गतिविधिलाई अघि बढाउन सचिवालय गठन गरिने उनले बताए । बैठकले फागुन २१ मा घोषित चुनाव समयमै गर्न सरकारलाई सहयोग गर्ने र पार्टी निर्वाचनमा होमिने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भिर संकटमा रहेकाले समाजवादी मोर्चामा रहेका दललाई पार्टी एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढाइने निर्णय गरेको सापकोटाले बताए । बैठकले सम्पती छानविन आयोग बनाएर सम्पतीको छानविन गर्ने र त्यसको सुरुवात पार्टी पदाधिकारीबाट गर्ने निर्णय समेत गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

क्षतिग्रस्त संरचनाको सम्बन्धीत निकायसंग समन्वय गरि स्वयंसेवक तथा आवश्यक सहयोगको परिचालन गर्ने, पार्टीको क्षतिग्रस्त संरचना र अन्य संरचना निर्माण गर्न पार्टीको तर्फबाट पहल गर्ने निर्णय बैठकले गरेको छ । बैठकले प्रचण्डको राजनितिक एंव संगठनात्मक प्रस्तावलाई पारित गरेको छ । प्रचण्डको प्रस्तावमा असहमति जनाउदै प्रस्तुत भएका प्रस्तावलाई आत्मसाथ गर्दै महाधिवेशनसम्म छलफल गर्ने निर्णय माओवादीले गरेको छ ।